राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म 'लज्जावती' को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।
सोमबार बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको हो। शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका थिए।
फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि 'सिटामोल' निर्माता विकास राज जोशीले नरिवल फुटाएका थिए। फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्देशक सानेले बताए।
आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया हुन्। दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह–निर्माता रहेको सिनेमालाई दिव्यराज सुवेदीले खिच्नेछन्। दिव्यलाई छायांकनमा सह–छायांकारको रुपमा प्रवीन सुवेदीले सघाउनेछन्।
फिल्मका मुख्य सहायक निर्देशक विशाल बराल र मेकअप आर्टिष्ट रवी केसी हुन्।
काठमाडौं आसपासमा छायांकन गरिने फिल्ममा माओत्से गुरूङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।