उपेन्द्र सुब्बा निर्देशित फिल्म 'जारी २' ले झन्डै ६ करोड रूपैयाँ ग्रस कमाइ गरेको छ।
कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले मंसिर ६ गतेसम्म ५ करोड ८९ लाख ३ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार फिल्मको आधिकारिक बक्स अफिस कमाइबारे जानकारी दिएको हो।
दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्मको तेस्रो शनिबारसम्ममा १ लाख ९५ हजार बढी टिकट बिक्री भएका छन्।
'जारी २' तेस्रो सातामा प्रदर्शनरत छ।