फिल्म 'जेरी अन टप' निर्माण टिम गीत छायांकनका लागि भारतको जयपुर पुगेको छ।
निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरूङ, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मासहितको टिम राजस्थानको जयपुर पुगेको हो।
कथाको माग अनुसार आवश्यक दृश्य छायांकनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए।
प्राप्त तस्बिरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन्। एक गीतको छायांकन सकेर निर्माण टिम शनिबार नेपाल फर्किनेछ।
अनन्या फिल्मस् प्रालीको ब्यानरमा तयार यो फिल्मको केही हप्ता पहिले पोस्टर सार्वजनिक भइसकेको छ। फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरूङ, केदार घिमिरे ’माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ।
फिल्म निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानीमा साझेदारी गरेका छन्। फिल्मको कथा हेमराज बिसीको हो भने कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ छन्। एसोसिएट निर्माता नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन्।
फिल्म 'जेरी अन टप' तिहारको अवसर पारेर असोज ३१ गते रिलिज हुने तयारीमा छ।
