अभिनेत्री रेखा थापाले युट्युबमा कार्यक्रम 'दोस्रो अध्याय' सुरू गरेकी छन्।
उनले आफ्नै युट्युबबाट यो कार्यक्रम दर्शकमाझ ल्याएकी हुन्।
कुराकानीमा आधारित कार्यक्रमको पहिलो एपिसोड बिहीबारमात्रै सार्वजनिक गरिएको छ। अब हरेक बिहीबार बेलुका युट्युबमा यो कार्यक्रम आउने रेखाले जानकारी दिइन्।
पहिलो भागमा रेखाले 'गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ?' भन्ने विषयमा रहेर डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन्।
कार्यक्रम ल्याउँदै रेखाले भनेकी छन्, – 'दोस्रो अध्याय केबल एक कार्यक्रम होइन– यो मेरो यात्रा हो। र, ती सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ। यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु। गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म–सबै कुरा खुल्दुली पाराले।'
लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनी यतिबेला नाटकमा अभिनय गरिरहेकी छन्।
उनको पहिलो नाटक 'मीरा' कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ।