प्रदर्शन तयारीमा रहेको फिल्म 'जन्ते बाख्रो' को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच लभस्टोरी र कमेडीको समीश्रण रहेको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिएको छ।
फिल्ममा अभिनेता सौगात मल्ल कमल नामक अविवाहित युवकको भूमिकामा छन्। उनी आमाको हेरचाह गर्ने दुलहीको खोजीमा देखिन्छन्। उनलाई चोट पाएकी युवतिको खाँचो छ।
त्यसक्रममा उनले गरिमा शर्मा (सम्झना) लाई भेटछन्। यी दुईबीच माया पलाउँछ। तर, उनीहरूको मायामा तगारो आउँछ?
सम्झनाको बिहे परिवारले अर्कै केटा (आसिफ शाह)सँग गर्न खोजिदिन्छन्। के कमल तगारो पन्छाउँदै सम्झनालाई पाउन सफल हुन्छन? फिल्मको कथा यसमै अगाडि बढेको ट्रेलरबाट बुझन् सकिन्छ।
सिमोस सुनुवारको निर्देशनमा बनेको 'जन्ते बाख्रो' मा सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा मुख्य भूमिकामा छन्। साथमा, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, कमल देवकोटा, संगीता शर्मा, समापिका गौतम, रूषा न्यौपाने, कुसुम शर्मा, कुशल गजमेर लगायतको अभिनय छ।
फिल्मको निर्माता सन्तोष गौतम हुन्। नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सोही कथामा रहेर फिल्म बनेको निर्माणपक्षले जनाएको छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको 'जन्ते बाख्रो' मा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन छ।
फिल्म यही जेठ २३ गतेदेखि नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। जन्ते बाख्रोलाई नेपालमा टिफल्क फिल्मस्ले वितरण गर्नेछ।