विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र प्रदीप शाही सहभागी भएका छन्।
फ्रान्समा जारी फेस्टिभलको रेडकार्पेटमा 'एक्लो' का अभिनेता खड्का र शाही सहभागी भएका हुन्।
प्राप्त तस्बिरमा प्रदीप खड्का कालो सुट, चस्मा र लामो कपालमा देखिएका छन् भने प्रदीप शाही कालो पाइन्ट र रातो कोर्टमा छन्। उनीहरूसहित ‘एक्लो’ का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरूङ, उत्सव विष्टसहित कोपरेटिभ डिरेक्टर रिश्ता कार्की पनि बजारीकरण प्रमुखको रूपमा सहभागी भएका छन्।
कान्सको स्टलमा नेपालको झण्डा समेत राखिएको थियो। निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी छन्। शाहीले भनेका छन्, 'हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं।' मे १३ देखि सुरू भएको कान्स फिल्म फेस्टिभल मे २४ सम्म चल्नेछ।
'एक्लो' को कुरा गर्दा यो 'साइन्स फिक्सन' फिल्म हो। यसमा प्रदीपसहित बेनिशा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रीचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।
यसको नेपाल र विदेश प्रदर्शन मिति छिट्टै घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ।