फिल्म 'महाराजधिराज' मा अभिनेता आर्यन सिग्देलको पनि शीर्ष अभिनय रहने भएको छ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि अभिनेता रमेश उप्रेती र उनीभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए।
हालसालै अभिनेता आर्यन सिग्देललाई निर्माण टिमले अनुबन्ध गरेको हो। मुख्य मध्येको एक भूमिकामा उनी अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ।
आर्यन, रमेश र पलको जोडिएसँगै सिनेमाको लाइनअप बलियो हुँदै गएको छ।
'महाराजधिराज' को पोस्टर यसअघि नै रिलिज भइसकेको छ। आर्यनले 'महाराजधिराज' मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना लागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए।
यो फिल्ममा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ। 'महाराजधिराज' मा निर्देशक सेन स्वयंको लेखन रहनेछ।
फूलपातिका लागि प्रदर्शन तय गरिएको फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। निर्माण पक्षका अनुसार फिल्ममा अन्य केही चर्चित कलाकारहरूको समेत अभिनय रहनेछ।