सन्तोष कुमार आत्रेयको निर्देशनमा फिल्म 'शिवांश: च्याप्टर १' बन्ने भएको छ।
निर्माणपक्षले बुधबार फर्स्टलुक सार्वजनिक गर्दै 'शिवांश: च्याप्टर १' निर्माणको घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ। तर कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
यो सन्तोष कुमार आत्रेयको डेब्यू निर्देशकीय फिल्म हो। फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन्। सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन्।
फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ। फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन्। सिनेमाटोग्राफी सरद महतोको रहने फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बुको हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन्।
विराज खड्का भिएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा आदेश सुब्बा भिएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन्। कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन्।
पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्। प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनेछन्।
'शिवांश: च्याप्टर १' आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको पोस्ट-प्रोडक्सन कार्य फिल्म चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले लिएको छ।
