चैत ८ गतेबाट प्रदर्शनमा आउने फिल्म '११ः५५-डु नट ट्रस्ट एनिवन' को अफिसियल टिजर सार्वजनिक गरिएको छ।
आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्डको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ। लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्ममा केशव पाण्डेको कथा तथा निर्देशन छ।
फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ। यसमा लेखन निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको छ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। कार्यकारी निर्माता एमएस अग्रज हुन्।
अलल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी र पासाङ दावा शेर्पाको सम्पादन छ।
फिल्मको टिजर भने साहिल खानले सम्पादन गरेका हुन्।
यो फिल्म कुवेर सिने डिस्ट्रिब्युसन प्रालिले वितरण गर्नेछ।