अभिनेत्री रेखा थापाले नयाँ बानेश्वरमा खुलेको 'इनस्टाइल ब्युटी' सलोनको उद्घाटन गरेकी छन्।
सोमबार रिबन काटेर सलोनको उद्घाटन गर्दै अभिनेत्री थापाले पछिल्लो समय महिलाहरू सुन्दरताको विषयमा अझ बढी सचेत हुन थालेको बताइन्।
'मेकअप गर्दैमा आत्मविश्वास बढ्छ भन्ने कुरामा विश्वास गर्दिन्। तर मेकअपले थप ऊर्जा चाहिँ दिन्छ,' उनले भनिन्।
उनले इनस्टाइलले आफ्नो सेवामार्फत सेवाग्राहीको मन जित्न सफल होस् भन्दै शुभकामना दिइन्।
इनस्टाइल ब्युटी हबलाई दुबईमा झन्डै डेढ दशक काम गरेर फर्किएकी लक्ष्मी तामाङले सञ्चालनमा ल्याएकी हुन्। उनले आफ्नो अनुभवलाई नेपालमै साट्न खोजेको बताइन्।
इनस्टाइलका निर्देशकद्धय इन्द्र तामाङ र राज कार्कीले आफूहरूले दिने सेवालाई थप बलियो बनाउँदै लैजाने बताए।
उद्घाटनमा रेखासहित ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो।
गजित बिष्ट, सुरज चापागाईं लगायतका कलाकारहरू समेत सहभागी थिए।