अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म 'ह्रस्व दीर्घ' को कमाइ ५ करोड नाघेको छ।
निर्माताका अनुसार फिल्मले ६ दिनमा (बुधबारसम्म) ५ करोड ४ लाख रूपैयाँ कमाइ गरेको हो।
गत शुक्रबार रिलिज फिल्मले ८० लाखको ओपनिङ गरेको थियो। फिल्मले शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख कमाइ गर्यो। मंगलबार फिल्मको कमाइ ६४ लाख रहेको फिल्मले बुधबार ७५ लाखको व्यापार गरेको हो।
चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' मा नीता ढुंगाना र उनका श्रीमान ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शीर्ष भूमिकामा छन्।
फिल्ममा थुप्रै नेपाली कलाकारका साथमा भारतीय चर्चित कलाकारको समेत अभिनय छ। 'ह्रस्व दीर्घ' भोलि शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ।