राइट टु प्रोटिन रनको हाफ म्याराथनको महिलातर्फ एपिएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले च्याम्पियन भएका छन्।
नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन्।
उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी थिइन्। राममायाले उक्त दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन्।
तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पूरा गरिन्। आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन्। पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन्।
पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते। दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए।
भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने। चौथो बनेका तिर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दुरी पूरा गरे ।