भदौ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति देउवा मंगलबार दिउँसो पार्टी कार्यालय सानेपा आएका हुन्।
उनी पत्नी आरजु राण देउवासँगै उपस्थित भएका थिए।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए। साथै देउवा दम्पत्तिमाथि कुटपिट समेत भएको थियो।
देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
देउवा दम्पती पार्टी कार्यालयमा उपस्थित भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
पार्टीको भ्रातृ संगठन तरूण दलका कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिती छ।
अहिले उनी केन्द्रीय कार्यसम्पादन समितिमा बोलिरहेका छन्।
उनले बोलेलगत्तै केन्द्रीय समिति बैठक स्थगित हुनेछ।
केन्द्रीय कार्य समिति बैठकको कार्यसूचीमा कुरा नमिलेपछि आजको बैठक स्थगित गर्न लागिएको हो।
तस्बिरहरूः
-ink-1760431027.jpeg)
-ink-1760431027.jpeg)
-ink-1760431026.jpeg)
-ink-1760431026.jpeg)
-ink-1760431025.jpeg)
-ink-1760431025.jpeg)
-ink-1760431024.jpeg)
-ink-1760431024.jpeg)
-ink-1760431023.jpeg)
-ink-1760431023.jpeg)
-ink-1760431022.jpeg)
-ink-1760431023.jpeg)
-ink-1760431022.jpeg)