बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ।
जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।
हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्नेछन्।
प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।