नेपाली सेनाका धावक तीर्थबहादुर तामाङले लिगलिगकोट-सिरानचोक-गोरखा दरबार दौड जितेका छन्।
तीन घन्टा ११ मिनेट १ सेकेन्डमा उनले ४२ किमी दौड पूरा गरेका हुन्। शनिबार यहाँ दौड भएको थियो।
दौडमा ९४ जना धावक सहभागी रहेका थिए।
दौडमा पहिलो भएर सेनाका भवानी दल गणका तामाङले एक लाख ५० हजार नगदसहित पुरस्कार पाएका छन्।
भारतीय सेनामा कार्यरत अनिश थापा मगर भने दौडमा दोस्रो भए। उनले तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले एक लाख पुरस्कार पाए।
तेस्रो नेपाली सेनाको बरख दल गणका मोहनदेव जोशी भए। उनले तीन घन्टा १५ मिनेट १५ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले ७५ हजार पुरस्कार पाए।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले सेनाको रिपुमर्दन दल गणसँग समन्वय गर्दै वर्षेनी दौड गर्दै आएको छ।