कास्की जिल्ला पावर लिफ्टिङ संघद्वारा आयोजित प्रदेशस्तरीय हिमालयन यती पावर लिफ्टिङ च्याम्पियनसिप सम्पन्न भएको छ।
पोखरा रंगशालामा आयोजना भएको पावर लिफ्टिङ खेलमा विभिन्न तौल समूहबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भाग लिन २८ जना पुरूष र १६ जना महिला गरी ४४ जना सहभागी भएका थिए।
प्रतियोगितामा पुरूषतर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरूङले पदक जितेका छन्।
८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा गुरूङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे।
त्यसैगरी बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते। त्यसैगरी ६६.१ देखि ७४ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरकै करण ताज्याले स्वर्ण जिते।
ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए। त्यस्तै, विकास गुरूङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते।
त्यस्तै, ७४.१ देखि ८३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरूङले ४४५ केजी उठाएर रजत पदक जिते।
त्यस्तै, बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश: विवेक गुरूङ (४४० केजी), विवेक खडका ( ४०२.५ केजी) र मौलादीन मिया (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए।
त्यस्तै, ५९ केजीभन्दा कम तौल समूहबीच भएको प्रतिस्पर्धामा क्रमश: किसन गुरूङ (३४२.५ केजी), सन्देश गुरूङ (३४० केजी) र युनिक गुरूङ (३१२.५ केजी) पहिलो, दोस्रो र तेस्रो भए। ९३ केजीभन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे। त्यस्तै: क्रमश सुमिन परियार (४५७.५ केजी) र प्रथम श्रेष्ठ ( ४५२.५ केजी ) दोस्रो र तेस्रो भए।
महिलातर्फ भएको ६३ केजीभन्दा बढी तौल समूहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन्।
त्यस्तै, सरस्वती गुरूङ (३३२.५ केजी) र गुडु थापा (३२३ केजी) क्रमश: दोस्रो र तेस्रो भए।
५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश: लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी ( २४४ केजी) र सोनी गुरूङ (२४१ केजी) क्रमश: पहिलो, दोस्रो र तेस्रो भए।
त्यस्तै, ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश: लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरूङ (२४१ केजी ) क्रमश: पहिलो, दोस्रो र तेस्रो भए।
त्यस्तै, ५५ केजीभन्दा कम तौल समूहमा क्रमश: सपना गुरूङ ( २७७.५ केजी), पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी) क्रमश: पहिलो, दोस्रो र तेस्रो भए।
प्रतियोगिताको उद्घाटन राखेप सदस्य राजेश गुरूङले गरेका थिए। गुरूङले पावर लिफ्टिङ खेलको विकासमा आफू लाग्ने प्रतिबद्धता जनाए।
त्यस्तै, प्रतियोगिताको समापनमा कार्यक्रम बोल्दै कास्की जिल्ला पावर लिफ्टिङ संघ अध्यक्ष हसन गुरूङले यस्ता प्रतियोगिता आयोजना गर्नाले पावर लिफ्टिङ खेलको प्रवर्द्धन हुने र यससम्बन्धी खेलाडीहरूले प्लेटफर्म पाउने बताएका छन्।
'अहिले हामीसँग खेलको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका खेल साम्रगी छैन। जसले गर्दा खेल खेल्दा र खेलाउँदा समस्या भैरहेको अवस्था छ,' गुरूङले भने, 'अबको दिनमा यस खेलको विकासको लागि निरन्तर लागिरहनेछु। सम्बन्धित निकायमा गएर खेल र खेलाडीको लागि आवाज उठाउने छु।'
अध्यक्ष गुरूङ पावर लिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी पनि हुन्।
उनले भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टिङ फेडरेसनले आयोजना गरेको २१ औं विश्व पावर लिफ्टिङमा नेपालको लागि स्वर्ण पदक जितेका थिए।