५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिपस्र्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष शजेशबाबु श्रेष्ठले आफ्नो व्यक्तिगत पुरस्कार प्रदान गरेका छन्।
रजत पदक विजेतालाई नगद १ लाख ५० हजार तथा कास्य विजेता ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले विजेता खेलाडीलाई क्रमश २० हजार र १० हजार पुरस्कार दिए।
संघका उपाध्यक्ष दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुलाई राष्ट्रले उचित कदर गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स फेडेरेशनले संघका अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन फेडेरेशनको साइन्स एण्ड रिसर्च कमिटिको अध्यक्षमा मनोनित गरिएकोमा विश्व फेडेरेशनका अध्यक्ष दातुक पौल चुवालाई धन्यवाद दिइयो।
नेपालले ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्शिप प्रतियोगिता आागामी सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा आयोजना गर्दैछ। नेपाल एक न्यूट्रल भेन्यू भएकोले एशियाको हालसम्मकै आयोजना भन्दा बढी राष्ट्रको सहभागिता रहने संघको भनाइ छ।