नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा जारी ५४औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्ट्समा फिटनेस फिजिकमा तेश्रो स्थान प्राप्त गरेका छन्।
टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीका अनुसार राजुले १७० सेमीसम्मको समूहमा कास्य पदक हात पारेका हुन्।सो विधामा २४ राष्ट्र सहभागी थिए।
यसअघि पनि नेपाली खेलाडीले एसियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन्।
यस्तै सोही दौरान शारिरीक सुगठन खेलको विकासमा योगदान पुर्याएको भन्दै विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई 'डिस्टिङग्वुइ अवार्ड'ले सम्मान गरेको छ।
प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन माल्दिभ्समा छन्।
सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दै छिन्। यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायक एवं संघका बरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा रहेका छन्।
नेपालले २०२३ मा ५५ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ।