जापानिजले १० वर्षअघि बनाएको विश्व कीर्तिमान नेपालका पार्कर खेलाडी दिनेश सुनारले तोडेका छन्।
दिनेशले दुई महिनाअघि ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर विश्व रेकर्ड कायम गरेका थिए।
सो रेकर्डलाई गिनिज बुकले औपचारिक रुपमा दर्ता गर्दै दिनेशलाई प्रमाण पत्र दिएको छ। यससअघि यो कीर्तिमान जापानिज खेलाडीको नाममा थियो।
१० बर्ष अगाडि जापानका डाइसुके मिमोराले उक्त रेकर्ड बनाएका थिए।
यो दिनेशको सातौं विश्व कीर्तिमान हो।
दुई महिना अघि उनले थप तीन विधामा पनि विश्व रेकर्डका लागि प्रयास गरेका थिए।
तीन विधाको रेकर्डलाई गिनिज बुकले औपचारिक मान्यता दिएपछि दिनेशको नाममा १० वटा विश्व कीर्तिमान हुनेछन्।