नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले ग्रेडिङ समितिमा रामचन्द्र व्यञ्जनकारलाई मनोनित गरेको छ।
नेपाल तेक्वान्दो संघ बागमति प्रदेशका अध्यक्ष केशव पुरीले व्यञ्जनकारलाई मनोनयन पत्रमा हस्तान्तरण गरे।
संघको जेठ २५ गते बसेको कार्यसमितिको बैठकदले व्यञ्जनकारलाई मनोनय गरेको थियो। सोही बमोजिम व्यञ्जनकारलाई सोमबार मनोनित पत्र हस्तान्तरण गरिएको हो।
व्यञ्जनकार विगत तीन दशकदेखी तेक्वान्दो खेलमा सक्रिय छन्।
हाल उनी च्यासल तेक्वान्दो डोजाङमा ५० जना खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्।
यता ललितपुर जिल्ला खेलकुद विकास समिति अन्तर्गत सोही जिल्लामा रहेर तेक्वान्दो खेलको विकास विस्तार र खेलाडी उत्पादनमा योगदान पुर्याएकोमा व्यञ्जनकारलाई सम्मान गरिएको थियो।