नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक र अर्धशतक प्रहार गरेमा दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीले नगद पुरस्कार दिने घोषणा गरेको छ।
दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीको सेन्चुरीले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान गर्नेछ।
सेन्चुरी एनपीएलमा लुम्बिनी लायन्सको प्रायोजक समेत हो। नेपाली क्रिकेटको विकासका लागि र खेलाडीहरुको मनोबल बढाउनका लागि यो सहयोग गर्न लागेको दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीको म्यानेजिड डिरेक्टर आदित्य दुगडले जानकारी दिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपिएलको दोस्रो संस्करणमा दुई खेल खेल्दा मिश्रित नतिजा निकालेको छ।
पहिलो खेलमा चितवन राइनोजलाई हराएर विजयी सुरुवात गरेको लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग हार व्यहोरेको थियो।
लुम्बिनी लायन्स टिम : रोहितकुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समिर अली, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मि
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल