क्रिस्टियानो रोनाल्डो बिनाको रियल म्याड्रिडले स्पेनिस सुपर कपको दोस्रो लेगको खेलमा बार्सिलोनालाई फेरि २–० ले पराजित गरेको छ।
पहिलो लेगमा ३–१ को अग्रता बनाएको रियलले समग्रमा ५–१ गोलको नतिजा निकाल्दै सुपर कपको उपाधि जितेको छ। स्पेनिस र च्याम्पियन्स लिग विजेता रियलका लागि दोस्रो लेगमा मार्को असेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए।
लिओनल मेसी र लुइस सुआरेज सहभागी खेलमा बार्सिलोनाले खासै प्रभाव जमाउन सकेन्। पहिलो लेगमा पनि गोल गरेका असेन्सियोले ४ मिनेटमै २५ यार्डबाट उत्कृष्ट गोल गरेका थिए। बेन्जेमाले भने ३९ मिनेटमा मार्सेलोको क्रसमा गोल गरे।
घरेलु टोली रियलले एकै वर्ष स्पेनिस लिग, च्याम्पियन्स लिग र सुपर कपको तीन वटा उपाधि जितेको हो। रोनाल्डो पहिलो लेगमा रेफ्रि धकेलेको आरोपमा ५ खेलमा प्रतिबन्ध झेलेपछि बुधबार रातीको खेलमा अनुपस्थित थिए।