आफूलाई रातो कार्ड दिने रेफ्रिलाई धकेलेको आरोपमा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई ४ देखि १२ खेलसम्म प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेर गएको छ।
स्पेनिस सुपर कपअन्तर्गत आइतबार राती क्याम्प नोउमा बार्सिलोनाविरुद्ध भएको पहिलो लेगको खेलमा रोनाल्डोले रातो कार्ड पाएका थिए। अतिरिक्त खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले २४ मिनेटमा दुई वटा पहेँलो कार्ड पाएका थिए। उनले एउटा उत्कृष्ट गोल पनि गरे।
रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रि रिकार्डो डे बुर्गोस बेनगोएटेक्सियालाई धकेलेका थिए। रेफ्रि सम्बन्धि अनुशाषन कानुनमा यस्तो अपराधमा ४ देखि १२ खेलसम्म प्रतिबन्ध लाग्न सक्ने नियम छ।
https://www.youtube.com/watch?v=caVuGI0TtRg&feature=youtu.be