लिभरपुलले आफ्नो ब्राजिलियन प्लेमेकर फिलिप काउटिन्होका लागि बार्सिलोनाले देखाएको करिब १२ अर्बको प्रस्तावलाई अस्विकार गरेको छ।
बार्सिलोनाले दोस्रो पल्ट २५ वर्षीय ब्राजिली प्लेमेकरका लागि प्रस्ताव राखेको हो। तर, लिभरपुलले बार्सिलोनाको प्रस्ताव तत्कालै अस्विकार गरेको हो। यसअघि बार्सिलोनाले काउटिन्होका लागि १० अर्ब १९ करोडको प्रस्ताव राखेको थियो। अहिले २ अर्ब थपेर उनलाई प्रस्ताव गरिएको हो।
लिभरपुलले २०१३ मा इन्टर मिलानबाट १ अर्ब १२ करोडमा काउटिन्होलाई क्लब भित्र्याएको थियो। बार्सिलोनाले कीर्तिमानी रकममा अर्का ब्राजिलियन स्टार नेइमारलाई बेचेपछि काउटिन्होलाई क्लब भित्र्याउन प्रयास थालेको थियो।
काउटिन्होले गत सिजन प्रिमियर लिगमा १४ गोल गरेका थिए। उनी घुँडाको सल्यक्रियाका कारण ६ साता विश्राममा बसेका थिए। उनलाई गत जनवरीमा लिभरपुलले ५ वर्षको सम्झौता गरेको थियो। उनका लागि क्लबले कुनै ‘रिलिज क्लज’ राखेको छैन्।
प्रशिक्षक जर्जेन क्लोपले पनि काउटिन्होलाई लिभरपुलले नबच्ने बताएका छन्।