मार्सेललाई हराउँदै युरोपा लिगको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले जितेको छ।
लियोनमा बुधबार भएको फाइनलमा फ्रेन्च लिग वान क्लब मार्सेइलीलाई ३-० ले हराउँदै एथ्लेटिको मड्रिडले ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो।
यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो। सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।
एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले दुई तथा कप्तान गाबीले एक गोल गरे । ग्रिजमनले सुरूवाती दुई गोल गर्दै एथलेटिकोलाई जित नजिक पुर्याएका थिए । खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए।
पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्यो । यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे।
४९ औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको अग्रता दोब्बर भयो । ८९ औँ मिनेटमा गाबीले गोल गरेर टिमलाई ३–० को जितसँगै च्याम्पियन बन्यो।