इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार सातौं लिग उपाधि पक्का गरेको छ। एएस रोमासँग आइतबार गोलरहित बराबरीमा रोकिएपछि युभेन्टसको उपाधि पक्का भएको थियो ।
युभेन्टसलाई लगातार पछ्याइरहेको नेपोलीले साम्पडोरियोलाई २-० ले पराजित गरे पनि युभेन्टसले १ खेल बाँकी रहँदै ४ अंकको अग्रता लिएको हो।
शीर्षस्थानमा रहेको युभेन्टस ३७ खेलमा ९४ तथा नेपोली ८८ अंकमा छन् ।
पछिल्लो पटक सन् २०१०-११ सिजनमा एसी मिलानले लिग जितेयता युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै आएको छ।
बुधबार इटालियन कपको उपाधि जितेको युभेन्टसले लगातार चौथो सिजन दोहोरो उपाधि हात पारेको हो।