भारतीय क्रिकेटर शिखर धवनले सन्यास लिएका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा उल्लेख गर्दै उनले घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
आज म एउटा यस्तो मोडमा छु जहाँबाट पछाडि हेर्दा याद र अगाडि हेर्दा पूरै दुनियाँ देखिन्छ। मेरो सधैँ एउटै लक्ष्य थियो इन्डियाका लागि खेल्ने। र त्यो पूरा भएको छ, जसका लागि म अत्यन्त आभारी छु,’ एक्समा धवनले लेखेका छन्।
उनले आफ्ना परिवार, बालककालका प्रशिक्षक, बिसिसीआइ, डिडिसिएसहित आफ्ना समर्थहरूलाई धन्यवाद दिए।
‘क्रिकेटलाई अलविदा भन्दै गर्दा भारतका लागि खेल्नुमा नै सन्तुष्ट छु,’ उनले भनेका छन्।
शिखर धवनले भारतबाट ३४ वटा टेस्ट र १६७ वटा एकदीवसीय खेल खेलेका छन्।
एकदिवसीयमा उनले ६ हजार ७९३ रन बनाएका छन् भने २ हजार ३१५ रन टेस्टमा बनाएका छन्।