२०२४ महिला टी-२० विश्वकप बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सारिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता अब अक्टोबर ३ देखि २० सम्म युएईका दुबई र शारजाहका दुई स्थानमा आयोजना हुने जनाएको छ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले हप्तौं लामो सरकार विरोधी प्रदर्शनपछि राजीनामा दिएर भारत भागेकी थिइन्। त्यसअघि बंगलादेशमा हप्तौसम्म आन्दोलन चर्किएको थियो।
यसअघि आइसिसीले भारतलाई प्रतियोगिता गर्न प्रस्ताव गरेको थियो।
श्रीलंका र जिम्बाब्वे दुवैले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेका थिए। तर आइसिसीले प्रस्ताव गरे पनि भारतले भने आयोजक बन्न अस्वीकार गरेको थियो।