मोरङको केराबारी गाउँपालिका-६, तामाङ टोलबाट भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन्।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति साढे १० बजे गणेश श्रेष्ठको घरको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको थियो।
बन्दुक फेला परेसँगै सोही कोठामा रहेका श्रेष्ठ र तामाङलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।