सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौंमा निःशुल्क बस चलाएको छ।
उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अफ्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि २ वटा बस संचालन गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्ने डिएसपी थापाले बताए।
ती बसमा सर्वसाधारणहरूले निःशुल्क यात्रा गर्न पाउनेछन्।
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौंमा दुईवटा निःशुल्क बस चलाएको छ।