बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेका ५ जनालाई साधारण तारेखमा रिहा गरिएको छ।
बिहीबार पक्राउ परेका उनीहरूलाई सोमबार फेरि उपस्थित हुने गरी छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको थियो।
बोहराका अनुसार पक्राउ पर्नेमा प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडा छन्।
विद्यार्थीहरूलाई प्रधानाध्यापक लक्षमण पोख्रेलले ड्रोन निर्माण गरी परिक्षण गर्न दिएका थिए। सोही क्रममा ड्रोन संसद भवनमा खसेको जनाइएको छ।
संसद भवनमा असार २४ गते बिहान ड्रोन भेटिएको थियो। निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे रामहरि खतिवडाले सदनमा समेत कुरा उठाएका थिए।