वीरता जेसीज बिर्तामोडका नवनिर्वाचित अध्यक्ष युवराज कुँवरले मंगलबादेखि पदभार सम्हालेका छन्।
सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष कुँवरलाई जेसीज चेन लगाइदिएर आफ्नो पदभार हस्तान्तरण गरेका थिए।
बिर्तामोडको बिर्ता पाटी प्यालेसमा आयोजित समारोहमा अध्यक्ष कुँवरसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले कार्यभार पनि सम्हालेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समितिका आयुक्त तथा वीरता जेसीज बिर्तामोडका पूर्वअध्यक्ष घनश्याम चौधरीले निर्वाचित पदाधिकारीहरूको घोषणा गरेका थिए।

यसअघि भएको अधिवेसनबाट कार्यकारिणी उपाध्यक्षमा सुमन कुमार पोद्दार र प्रभात मास्के निर्वाचित भएका थिए। संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्वाचित भएका थिए। त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका थिए।
नवनिर्वाचित अध्यक्ष कुँवरले पदहस्तातरण कार्यक्रममा आफ्नो समितिलाई पूर्णता समेत दिएका छन्। उनले महासचिवमा विज्ञानराज पौडेल, कोषाध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी), कानुनी सल्लाहकारमा अमरजीत शाह र सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनित गरेका छन्।
अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा सबैसँग हातेमालो र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभीका झापा सम्वाददाता विष्णु श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको थियो।
यता वीरता जुनियर जेसीज वर्ष २०२५ को अध्यक्ष अश्विन गोसाईको नेतृत्वमा निर्वाचित टिमले पनि सपथग्रहणसँगै जिम्मेवारी सम्हालेको छ।