बाँकेको नेपालगञ्जमा एक जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगर-५ पुलचोकका २७ वर्षीय विराज विकलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीले जानकारी दिए।
विकबाट प्रहरीले ४७ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालगंजका प्रमुख प्रहरी सहायक निरीक्षक सुनिल शाहीको कमाण्डमा खटिएको टोलीले विकलाई पक्राउ गरेको हो।
विक श्रीमतीलाई लिएर भारततर्फ रुपैडिया क्षेत्रमा पुगेका थिए।
त्यहाँ श्रीमती किनमेलको लागि व्यस्त हुँदा श्रीमान विक भने लागुऔषध खरिद गर्न पुगेका थिए।
उनले साढे दुई लाख रुपैयाँमा ब्राउन सुगर खरिद गरेको प्रहरी स्रोतले बतायो।
श्रीमतीलाई भने यसबारे जानकारी नभएको प्रहरीले जनाएको छ।
‘विराजको साथबाट ब्राउन सुगर फेला परेपछि उनकी श्रीमती आश्चर्य चकित परेकी थिइन,’ ती अधिकारीले भने।
पक्राउ परेका विकलाई म्याद थपका लागि अदालत लगिएको छ। म्याद थप पछि लागु औषध सम्बन्धि मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढ्ने प्रहरीले बताएको छ।