नेपाली काँग्रेस प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले हुलाकी राजमार्गको दोस्रो चरणको ठेक्का भइसकेको र सप्तरीदेखि पर्सासम्मको राजमार्ग बनाउने काम पनि चाँडै सुरू हुने बताएका छन् ।
मिडिया सेण्टर सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढीबाट क्षतिग्रस्त विभिन्न ठाउँका बाटोघाटोसमेत बनाउने कार्यमा काँग्रेस लागिपरेको बताए ।
नेता लेखकले तराई– मधेश, पहाड तथा हिमालमा बसोबास गर्ने जनताको अधिकार दिलाउने दायित्व काँग्रेसकै काँधमा आएको स्पष्ट पारे । रासस