काठमाडौंको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच झडप भएको छ।
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको हो।
सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।
प्रहरीले बल प्रयोग गर्दा केही सहकारीपीडित घाइते भएका छन्।
सहकारीमा गरेको बचत फिर्ताको मागसहित उनीहरूले प्रदर्शन गरेका थिए।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी