नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालबीच शुक्रबार भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार दिउँसो भेटघाट भएको हो।
श्रेष्ठ निवास हात्तीवनमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता लगायत विषयमा कुराकानी भएको एक नेताले बताए।
माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न कार्यदल गठन गर्ने तयारी गरिरहेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि एकताबारे छलफल गरिरहेका छन्।
श्रेष्ठ र भूसालबीच यिनै विषयमा केन्द्रित रहेर कुराकानी भएको हो।