जनमतले पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरोधी गुट/समूहको भेला वा बैठकमा जानेहरूको नाम सचिवालयमा नियमित पठाउन निर्देशन दिएको छ।
संगठनको सफलताको लागि पार्टी अनुशासन अपरिहार्य रहेको बताउँदै सदस्यहरूले पालना गरे/नगरेको रिपोर्ट सदस्यता रेकर्डसँगै राख्ने निर्णय गरेको जनमतले बताएको छ।
‘जनमत पार्टीले अनुशासन कडाइका साथ लागू गर्ने नीति लिएको र हरेक सदस्यले अनुशासन पालना गरे/नगरेको रिपोर्ट सदस्यता रेकर्डसँगै राख्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीका कुनै पनि सदस्यले कुनै पनि समितिमा बस्न, पार्टीबाट कुनै पनि तहमा टिकट लिन वा पार्टीबाट अन्य कुनै सिफारिस वा लाभ लिन अनुशासन सफाइ प्रमाणपत्र लिनु पर्ने वा अनुशासन ‘क्लियरेन्स’ हुनुपर्ने प्रावधान ल्याउन लागेको जनमतले बताएको छ।
‘यसै सन्दर्भमा पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरोधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्टहरू गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रूपमा केन्द्रीय सचिवालयमा पठाइदिनु हुन अनुरोध छ,’ जनमतले पार्टी सचिवालयले भनेको छ।
