पूर्व-नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष बनाउन न्याय परिषदले सरकारलाई परामर्श दिएको छ।
बुधबार बसेको न्याय परिषदको बैठकले घिमिरेलाई उक्त अदालतको अध्यक्ष बनाउन सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।
घिमिरेले नायब महान्यायाधिवक्ताको पदबाट साउन २ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। उनी साउन ४ गते स्वत: अवकाशमा जानुपूर्व नै राजीनामा दिएका थिए।
उनको राजीनामा मन्त्रिपरिषदको बैठकले स्वीकृत भएको थियो।
