नेकपा (एमाले) विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्।
गिरीसहित पदाधिकारी तर्फको सबै पदमा बिनोद ढकाल पक्षका उम्मेदवारहरु निर्वाचित भएका छन।
अध्यक्षमा बलराम गिरी १७३ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत प्राप्त गरेका छन।
उपाध्यक्षमा सुरज न्यौपाने १४५ मत ल्याएर बिजयी बन्दा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन।
सचिव पदमा गिरी प्यानलकै विज्ञान चापागाईं १८३ मतसहित बिजेता बन्दा नवराज काफ्ले पराजित भएका छन। उनले १०४ मत पाएका छन।
उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल निर्वाचित भएका छन।
महानगरको नयाँ नेतृत्व चयनका लागि बिहीबार साँझ मतदान हुँदा ३०८ जनाले मतदान गरेका थिए।
मतपरिणाम शुक्रबार बिहान आएको हो।