सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ।
सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बसेको हो।
मन्त्रिपरिषद बैठकले संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए। माघ १८ गते हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ।