नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्।
गोरखा नगरपालिका ८ आहास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सोमबार उद्घाटन गर्दै दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको दाबी गरे।
भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको उनको भनाइ छ।
‘सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको छ।’
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत यसअघि आफू नेतृत्वको सरकारले काम गरे पनि बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको बताएका थिए।