नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिबारे गोष्ठी गर्ने भएको छ।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले माघ ९ गते केन्द्रीय कार्यालय सानेपामा गोष्ठी गर्न लागेको हो।
कांग्रेसमा गोविन्दराज पोखरेलको नेतृत्वमा आर्थिक नीति तथा योजना विभाग छ।
विभाग प्रमुख पोखरेलका अनुसार गोष्ठीमा डिल्लीराज खनाल, मीनबहादुर श्रेष्ठ, रामेश्वर खनाल, प्रा.डा. सञ्जय आचार्य, ईन्द्र अधिकारी र सेमन्त दाहाल वक्ता छन्।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालगायत पनि सहभागी रहनेछन्।