प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन्।
मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरूले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका हुन्।
आज भइरहेको विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।