अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले राजस्व प्रशासनको बाम प्रति असन्तुष्टी व्यक्त गरेका छन्।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमा उनले कर प्रशासकहरूको कामबाट सन्तोष लिन सकिने अवस्था नरहेको बताए।
उनले अघिल्लो आर्थिक वर्षसँग तलुना गर्दा पनि कर कार्यालयहरूको कार्यसम्पादन कमजोर देखिएको बताए। अहिले अर्थतन्त्रको अवस्था असमान्य रहेको बताउदै सोही अनुसार खटिन कर्मचारीलाई निर्देशन दिए।
'अहिले हामी असमान्य अवस्थामा छौं, असमान्य अवस्थामा सामान्य काम गरेर पुग्दैन, सोही रुपमा बुझिदिनुहोला,' उनले भने।
सरकारको खर्च आवश्यकता बढेको अवस्थामा कर संकलनको स्थिति कमजोर भएको पनि उनले बताए। अर्थतन्त्रको आकार बढ्दै गएको अवस्थामा पनि कर संकलन स्थिती सोही अनुसार नभएको उनले बताए।
अर्थमन्त्री पौडेलले करदातालाई कर प्रशासन सधै प्रोत्साहन गर्ने प्रतिवद्धता गरे। कुन पनि कर प्रशासकले दुख दिने अन्य अपेक्षा राखेको स०केत समेत गरेर रिपोर्टिङ गर्न आग्रह गरे।
करदातालाई कर सहभागिता बढाउन तथा कर तिर्नु विषय गौरवका रुपमा बुझ्न आग्रह गरे।