सुनसरी, धरानकी सुस्मिता बोगटी अहिले काठमाडौं विश्वविद्यालयमा मिडिया पढिरहेकी छिन्। उनले सन् २०२० देखि फोटोग्राफीमार्फत कथाहरू भन्दै आएकी छिन्।
यही क्रममा केही समयअघि सुस्मिताले 'द मेलोडिक म्युजेज' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
सुस्मिताको 'द मेलोडिक म्युजेज' ले काठमाडौं उपत्यका बाहिरका चार महिला संगीतकारहरूको प्रेरणादायी यात्राको कथा भन्छ।
यी महिलाहरूलाई सानै उमेरदेखि संगीतमा रूचि थियो। उनीहरूले प्रतिबद्धता र अठोटको साथ आ-आफ्ना सपना पछ्याए। व्यक्तिगत र सामाजिक चुनौतीहरू पार गरे। अहिले उनीहरू आफ्नो धुनमार्फत अरूलाई पनि आफ्नो सपना पछ्याउन प्रेरित गर्छन्।
'हाम्रो परिवारले हाम्रा लागि डाक्टर, इन्जिनियर हुन् भन्ने सपना देखेका थिए। तर ती पेसामा हाम्रो भविष्य देखेनौं,' उनीहरू भन्छन्, 'हामी संगीतको धुनमै तानियौं।'
संगीतलाई पेसा र करिअरका रूपमा स्वीकार गर्न उनीहरू र परिवारलाई चुनौती थियो। उनीहरूले हार मानेनन्। मनाएरै छाडे। उनीहरूको संगीतले सफलता पाउन थालेपछि खुसी पनि हुँदै गए।
'संगीतले हामीलाई साँच्चै जीवित महसुस गराउँछ। यो हाम्रो पेसा मात्र होइन, हामी को हौं भन्ने पहिचान पनि हो। संगीतमार्फत हामीले अझै बहुमूल्य कुरा खोजिरहेका छौं – त्यो हो हामी आफै,' उनीहरू भन्छन्।
हेर्नुहोस् सुस्मिता बोगटीले तयार पारेको 'द मेलोडिक म्युजेज' फोटो कथाः
यी पनि हेर्नुहोस्ः