प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनअन्तर्गत रसुवामा अहिले बिहान ११ः३० सम्म २० प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
सुरक्षास्थिति अत्यन्तै मजबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले बताए।