एनआरएन अमेरिकाको निर्वाचनका लागी अध्यक्ष पदमा उमेद्वारी दिएका गौरीराज जोशीलाई अयोग्य भनेर निर्वाचन कमिटीले नभनेको कमिटी प्रमुख बन्दिता शर्माले वताएकी छन्। कमिटीले जोशीलाई अयोग्य भनेको समाचारहरू बाहिर आएपछि सेतोपाटीसँगको कुराकानीमा कमिटी प्रमुख शर्माले खण्डन गरेकी छन।
कुराकानीको क्रममा शर्माले भनिन, 'हामीले उहॉको उमेद्वारी पुष्टिका लागी आवश्यक थप डकुमेन्ट माग्दै छौं ।' अध्यक्ष पदका लागी एक कार्यकाल पुरा गरेको हुनुपर्ने प्रावधान रहेकोमा अहिलेसम्मको उहॉको स्टाटसले एनआरएनमा संलग्नता नदेखिएकोले उहॉको नाम छुटेको बन्दिताले बताएकी छन्। 'तर उहॉले एनआरएनमा आफ्नो संलग्नता देखाउने प्रमाण पेस गरेमा उहॉले चुनाव लड़न नपाईने भन्ने हुदैन।'
जोशीमात्र नभएर १५- २० जनाको नाम छुटेको छ जुन सूचना सार्वजनिक गर्नेक्रममा रहेको दाहालले बताएकी छन। कसैको दवावमा आएर जोशीको नाम छुटेको हो भन्ने जवाफमा उनले भनिन 'हामी स्वतन्त्र छौं।' यता अध्यक्ष पदको लागी उमेद्वारी दिएको गौरी जोशीले उमेद्वारीकै क्रममा आफुले एनआरएनएमा संलग्न सवै प्रकारका प्रमाण पेश गरेको जिकीर गरेका छन।
जोशीले निर्वाचन कमिटीले कसैको दवावमा आएर नाटक गरिरहेको आरोप लगाएका छन। परराष्ट्र मन्त्रालयमा रेकर्ड रहेको एनआरएनको विधानअनुसार समन्वय परिषदको अध्यक्षको उमेद्वार हुन एक कार्यकाल पुरा गरेको हुनुपर्ने तर तीन कार्यकाल पुरा नगरेको समन्वय परिषदको लागी यो प्रावधान लागुनहुने स्पष्ट छ।
२००५ बाटै एनआरएन अमेरिका केन्द्रमा रेकर्ड भएको वताउदै जोशीको अध्यक्ष पदका लागी योग्य रहेको एनआरएनएका एक अभियन्ता डा तारा निरौलाले वताए। उनी भन्छन्, 'ईतिहॉस पढ्ने वानी वसालौं, कतैबाट गेम खेलिरहेको जस्तो देखिन्छ। एउटा उमेद्वार विशेषमा यसो हुनु गलत हो।'
आईसिसीका महासचिवले पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा यसबारे स्पष्ट छ। आईसिसीका महासचिव बद्री केसीद्वारा हिजो सार्वजनिक विज्ञप्तियाँ पनि एनआरएन अमेरिका २००६ देखी नेप्लिज अमेरिकाज काउन्सिल, नियाकमार्फत केन्द्रमा संलग्नता रहेको उल्लेख छ। जस अनुसार जोशीले अम्विका अधिकारीको नेतृत्वमा वसेर एक कार्यकाल काम गरिसकेका छन्। आईसिसीका महासचिवको पछिल्लो विज्ञप्तिमा आफु जानकार नभएको निर्वाचन कमिटी प्रमुख शर्माको भनाई छ।
अगष्ट ११ र १२ मा हुने निर्वाचनका लागी अध्यक्ष पदमा उमेद्वारी दिएका वर्तमान अध्यक्ष डा केशव पौडेल सहित कृष्ण पोखरेल, रविना थापा र राम सि पोखरेलको उमेद्वारी निर्वाचन कमिटीले सार्वजनिक गरिसकेको छ।