गुणस्तर तथा नापतौल विभागले कमसल तार उत्पादन गरेको भन्दै बाँकेको मेगा केवलको उत्पादन बिक्री वितरणमा रोक लगाएको छ।
विभागले केवलका नाममा पत्र लेखेर विक्री वितरणमा रोक लगाएको हो। विभागका निमित्त कार्यकारी निर्देशक रोमी मानन्धरका अनुसार केवल तारको गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले विक्री वितरणमा रोक लगाइएको हो।
२०७३ चैत्र १३ गतेको बजार अनुगमनवाट मेगाले उत्पादन गरेका केवल गुणस्तर परीक्षणका लागि काठमाडौं लगिएको थियो।
मास अफ कन्डक्टर आवश्यकता अनुसार नरहेको भन्दै बजारमा पुगेका सबै तार फिर्ता लिन निर्देशन दिइएको छ। विभागले मेगा केवलको १/१८, ३/२० र ७/२० को पिभिसी केवल तार विक्री वितरणमा रोक लगाएको छ। असार २३ गतेभित्र केवलले चितबुझ्दो जवाफ नदिए नेपाल गुणस्तर चिन्ह समेत खोसिने मानन्धरले बताए।
नेपालमा रहेका केवल कम्पनीहरु प्रविधिअनुसार संचालन भैरहेका वेला मेघाले भने पुरानै प्रविधिमा केवल उत्पादन गर्दै आइरहेको छ ।
बाँकेमा २०६९ सालमा स्थापित केवलले पिभिसि, अटो, मल्टिस्टयाण्ड, इनामेल कोटेड बाइन्डिङ तार लगायत उत्पादन गर्दै आएको छ।