दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार माओवादी केन्द्रले १५ वटा वडामा विजय हासिल गरी धेरै वडा जित्न सफल भएको छ।
गढवा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तु चौधरी विजयी भएका छन् भने चार जनै सदस्यहरु एमालेका विजयी भएका छन्। विजयी चौधरीले ६८१ ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका देउप्रकाश चौधरीले ६६१ मत ल्याएका छन्। महिला सदस्यमा निर्मला चौधरी, दलित महिला सदस्यमा सावित्रा गहतराज र सदस्यहरुमा राधेश्याम थारु कुमाल र शनिराम चौधरी विजयी भएका छन् । कुल मतदाता २५५१ रहेको वडा नं. २ मा १९५३ मत खसेको थियो।
त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादीका तुलसीराम अधिकारी प्यानलसहित विजयी भएका छन्। विजयी अधिकारीले ७४९ मत ल्याई भारी अन्तरमा फोरमका उम्मेदवारलाई पराजित गरेका हुन्। उनले ३४० मत पाएका छन्। त्यस्तै सदस्यहरुतर्फ महिला सदस्यमा शोभा रावत चौधरी, दलित महिला सदस्य सन्तोषी विक र सदस्यहरुमा आशाराम चौधरी र छुकाङ चौधरी विजयी भएका छन्। कुल मतदाता २५४६ रहेको यस वडामा १८७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ। अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरी विजयी भएका हुन्। त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक र सदस्यमा नारायणसिं थापा विजयी भएका छन्। उक्त वडा साविक कोइलाबास गाविसमा पर्दछ। त्यहाँको कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो।
राप्ती ९ मा माओवादी केन्द्रको प्यानल पूरै विजयीराप्ती गाउँपालिका वडा नं. ९ अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै प्यानल विजयी भएको छ। महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका हुन्। यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४५७ मत खसेको थियो।
राजपुर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका विष्णुबहादुर बुढाको प्यानल नै विजयी भएको छ। विजयी विष्णुबहादुर बुढाले ४ सय १ मत प्राप्त गरेका छन्। त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार र सदस्यहरुमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएका छन्। कुल मतदाता १ हजार ६ सय ५९ रहेको यस वडामा १ हजार १ सय ५९ मत खसेको थियो।
राजपुर गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ। विजयी शर्माले ५ सय ३८ मत प्राप्त गरेका छन्। त्यस्तै महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन्।कुल मतदाता २ हजार ६४ रहेको यस वडामा १ हजार ५ सय ९५ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
राजपुर गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रका श्यामबहादुर रोकाको प्यानल नै विजयी भएको छ। विजयी रोकाले २५४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका राजेन्द्र चौधरीले २२० मत ल्याएका छन्। त्यस्तै महिला सदस्यमा दिलमति वली चौधरी, दलित महिला सदस्यमा सन्ध्या नेपाली र सदस्यहरुमा रामवेलासु चौधरी र सुरेन्द्रकुमार रोका विजयी भएका छन्। कुल मतदाता १ हजार ५३ रहेको यस वडामा ८३४ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ। निकटतम प्रतिद्वन्दी कांग्रेसका तुलाराम रश्मीमगरलाई १६४ मत अन्तरले पराजित गर्दै पुन विजयी भएका हुन्। उनले ५५४ मत प्राप्त गरेका छन्। त्यस्तै महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन्। कुल मतदाता १ हजार ७ सय ३८ रहेको यस वडामा १ हजार ३ सय ५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
शान्तिनगर गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका पिमलाल वलीको प्यानल नै विजयी भएको छ। निकटतम प्रतिद्वन्दी एमालेका डिल्लीबहादुर पाण्डेलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै वली विजयी भएका हुन्। विजयी वलीले ४९५ मत प्राप्त गरेका छन् भने पाण्डेले ४८३ प्राप्त गरेका छन्। त्यस्तै महिला सदस्यमा सुभद्रा भण्डारी, दलित महिला सदस्यमा दुर्गा विक र सदस्यहरुमा राजेश चौधरी र बुद्धिराम चौधरी विजयी भएका छन्। कुल मतदाता २ हजार १ सय २९ रहेको यस वडामा १ हजार ५ सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
दाङकै बंगलाचुली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जितिसकेको छ।