राष्ट्रपति रामचन्द्र पौडेलले आज विजया दशमीका दिन पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
त्यस्तै, राष्ट्रपति पौडेलले आफ्नी जीवन संगिनी प्रथम महिला सविता पौडेललाई टीका तथा प्रसाद लगाइदिए।
राष्ट्रपतिले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।

